काठमाडाैं, असार १० । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका १३ कालिदहबाट करीब
दुई किलो सुनसहित कार र कारका चालकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपालबाट भारततर्फ जाँदै गरेको बा १२ च ३८२० नम्बरको मारुती सुजुकी कार र कारका चालक घोराही नगरपालिका १०, दाङका हुमानन्द गिरीलाई बिओपी बयरघाटले नियन्त्रणमा लिएको जनाएकाे छ ।
विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले कारलाई जाँच गर्दा कारको गियर बक्समा फल्स बटम बनाई लुकाई छिपाई लैजाँदै गरेको दुई वटा ईट्टा आकारको सुन फेला परेको हो ।
रुपन्देहीस्थित सिद्धार्थनगर सुन चाँदी व्यवसायी संघले सुन भएको प्रमाणित गरेको र उक्त सुनको तौल १ किलो ९ सय ६५ ग्राम ३ मिलि ग्राम र बजार मूल्य १ करोड ८५ लाख ६५ हजार ३ सय ५५ रुपैयाँ ४५ पैसा रहेको छ ।