काठमाडौं, भदौ १० : तारकेश्वर नगरपालिका ११ शेषमती बस्ने बाजुरा बुढीनन्द नगरपालिका १० का १८ बर्षीय साजन बोहराले रुकुमकी १४ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
रिपोर्ट नेपालाई प्राप्त समाचार अनुसार बोहराले तारकेश्वर नगरपालिका ११ नेपालटारस्थित नेवारी खाजा घरमा काम गर्ने ती बालिकालाई खाजा खान गएको अवस्थामा उनले जवरजस्ती करणी गरेको बताएको छ ।
यसैगरी म्याग्दीको मालिका गाँउपालिका ५ मगरदाङ बस्ने १२ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ५३ बर्षीय दलबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।