करणी गरेको अभियोगमा एक पक्राउ

रिपोर्ट नेपाल | 2018 Oct 25 | 02:50 pm 2194

काठमाडौं, कात्तिक ८  : काठमाडौं महानगरपालिका १३ सोल्टीमोड बस्ने धनुषा क्षिरेश्वरनाथ नगरपालिका ३ का ३० वर्षीय समिर पुलामीलाई जबरजस्ती करणी उद्योग गरको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

पुलामीले उक्त ठाउँ बस्ने १४ वर्षीया बालिकालाई कोठामा एक्लै भएको अवस्थामा जबरजस्ती करणी गरेको महानगरीय प्रहरी वृत कालिमाटीले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.