‘कम्युनिष्टलाई तानाशाही बन्‍न जनताले बहुमत दिएका होइनन्’

रिपोर्ट नेपाल | 2018 Jun 02 | 08:04 am 3383

बुटवल, जेठ १९: नेपाली काग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले सरकार तानाशाहि बन्‍न‍े प्रयासमा लागेको भन्दै उनले जनताले कम्युनिष्टलार्इ बहुमतको शासन चलाउन अधिकार दिएपनि तानाशाहि बन्‍न नदिएको बताए । उनले राजनितिक दलबाट सामन्ती प्रभाव हट्नुपर्ने बताए । उनले राजनितिक दलमा हावी रहको सामन्ती संस्कार नहट्दा सम्म पार्टी जिवन्त नरहेने बताए ।

हालै रिहाइ गरिएका बालकृष्ण ढुंगेल प्रकरणमा सरकारले सफाई दिन खोजेमा पिडितपक्षको सहमति बाट मात्र निर्णय लिनुपर्ने बताउँदै उनले सरकारले गल्ती गरेको बताए । उनले भने–‘ राज्यले सफाई दिने अवस्थामा पिडित पक्षको पनि सहमतीले मिनाह हुन्छ । राज्य आफैले माफि दिन उपयुक्त ठान्छ भने पिडित पक्षलाई सोध्नुपर्छ ।’

उनले केन्द्रमा बल्ल बजेट आएको बताउँदै प्रदेशलाई निर्देशन दिने निकाय पनि नभएको उल्लेख गरे । संघियताको पहिलो अभ्यासको प्रक्रियामा रहेको बताउँदै ५ वर्षपछि केही टिप्पणी गर्न सकिने तर अहिले नै टिप्पणी गर्नुपर्ने बेला नआएको बताए ।

नेपाली कांग्रेसमा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन् । कांग्रेसले गर्नुपर्ने केही कुराहरुमा गल्ती भएको बताउँदै उनले कांग्रेसका धेरै कुराहरुमा आमूल परिवर्तन आवश्यक रहेको बताए । ‘महासमितिमा बैठकमा कुराहरु राखिन्छ ’, उनले भने –‘ नयाँ कार्यदिशाले मात्रै सबै क्षेत्रमा प्रतिपक्षको भुमिकामा रहने छ । ’ उनले भने –‘ हाम्रो पार्टि स्वस्फूर्त छ , कांग्रेसको अरुको भन्दा फरक चरित्र छ । स्वाभीमान ब्यक्ति मात्र कांग्रेस बनेको छ यसमा जबरजस्ती कसैलाई पार्टि प्रवेश गराईएको छैन् । ’

नेपाल र कांग्रेसको सम्बन्ध एक अर्कामा परिपुरक जस्तो भएको भन्दै प्रतिपक्षमै भएपनि कांग्रेसले नेपाल बचाउने बताए । सरकारले प्रस्तुत गरेको निति तथा कार्यक्रम सिधै पास गर्नु नै कांग्रेसको गल्ती भएको उल्लेख गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.