दुर्इ राप्रपाको एकता, “ए कता?”

| 2018 Dec 04 | 10:15 am 2102

काठमाडौं, मंसिर १८ : पटक पटक फुट्दै र जुट्दै गरेको नाती जर्नेल पशुपती शमशेर राणा र डा प्रकाशचन्द्र लोहनीको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता हुने भएको छ ।

पार्टी भित्रका केही महत्वाकाक्षी व्यक्तिहरुका कारण एकता प्रकृयामा ढिलाई भएको पूर्व पंचहरुको पार्टी यस पटक पनि “ए कता” हुने त होइन भन्‍ने आशंकाहरु पनि उत्पन्‍न भइरहेका छन् ।

विभिन्‍न चरणमा भइरहेका वार्ताहरुमा दुबै पक्षले एक पछि अर्को सर्त तेर्साएका कारण एकता ढिलाई भइरहेको बुझिएको छ । २०६२।६३ को जनआन्दोलनमा कडा गणतन्त्रवादी भएर प्रस्तुत भएका पशुपती शमशेर राणा र डा प्रकाशचन्द्र लोहनी यतिखेर कडा राजावादीका रुपमा प्रस्तुत भइरहेका छन् ।

कमल थापा नेतृत्वको राप्रपाकी एक महिला नेतृका अनुसार उनीहरुको एकता आदर्श, सिद्धान्त भन्दा पनि राजनीतिको मुलधारबाट कमल थापालाई एक्लाउने षडयन्त्रका रुपमा हुन लागेको हो ।

उनका अनुसार बुद्धीमान तामाङ जस्तो चतुर मान्छे जता पनि खेल्न सक्ने भएकाले अहिलेको रणनीति उनैले बनाएका हुन् । स्थापना कालदेखि संवैधानीक राजसंस्था र हिन्दु राष्ट्रको आवाज उठाउँदै कति पनि विचलित नभई हिडेका कमल थापाको व्यक्तित्वबाट अत्तालिएर एकताको नाटक गरिएको ती महिला नेतृको भनाई रहेको छ ।

मंगलबार बिहान रिपोर्ट नेपालसँग कुरा गर्दै ती नेतृले उनीहरुको बुढ्यौली एकताको कमल थापालाई कुनै घाटा नहुने बताइन । नयाँ बोतलमा पुरानो रक्सी सधै भरिरहने हिजोको गणतन्त्रवादीहरुले राप्रपालाई कुनै घाटा नहुने र लाखौं युवाको ढुकढुकी रहेको कमल थापालाई सहयोग र समर्थन युवाबाटै हुने उनको तर्क छ । आगामी शनिबार २२ गते पशुपती राणा र लोहनीको पार्टीबीच एकता हुने बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.