कमलपोखरी वृतअगाडी प्रदर्शन

रिपोर्ट नेपाल | 2018 Oct 11 | 11:21 am 1792

काठमाडौं, असोज २५ : काठमाडौं उपत्यका सडक संघर्ष समितिले कमलपोखरी वृतमा प्रदर्शन गरेको छ।

मुआब्जा वितरण गरेरमात्र सडक विस्तार गर्नुपर्ने माग राख्दै निवेदन दिन जाँदा वडा नम्बर ४ का वडाध्यक्षले दुर्व्यवहार गरेको भन्दै स्थानीयहरु प्रदर्शनमा उत्रिएका छन्। बुधबार सडक संघर्ष समितिका संयोजक सुमन सायामीलार्इ समेत प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रहरीले विना कसुर संयोजक सायामीलार्इ थुनामा राखेको विरोधमा स्थानीयहरुदार्इ वृत अगाडी प्रदर्शन गरेका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.