कपिलवस्तुमा सशस्त्र प्रहरी सवार गाडी दुर्घटना, दुई जनाको मृत्यु

रिपोर्ट नेपाल | 2022 Oct 22 | 07:37 am 1285

कपिलवस्तु, कात्तिक ५ः कपिलवस्तुमा सशस्त्र प्रहरी सवार गाडि दुर्घटना भएको छ। दुर्घटनामा परि साइकलमा सवार यात्रुसहित एक जना सशस्त्र प्रहरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सवारी चालक सशस्त्र प्रहरी रमेश चौधरी र स्थानीय अमर तङनामी रहेको प्रहरीले जनाएको छ । चारनम्बरबाट तौलिहवा तर्फ जादै गरेको सशस्त्र प्रहरीको ट्रक अनियन्त्रित भई साइकलमा सवार यात्रीलाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनामा आधा दर्जन बढी घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बुटवल रिफर गरिएको छ । थप ४ जनाको सामुदायिक अस्पताल चारनम्बरमा उपचार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.