काठमाडाैं, बैशाख २९ः साेमबार नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे ।
कपिलवस्तुको यशाेधरा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका ७, १० निवासी १८ वर्ष देखि ३४ वर्षका पुरुषमा कोरोना देखिएकाे जानकारी दिएकाे छ। यससँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १ सय २० पुगेकाे छ ।
उनीहरूकाे स्वास्थ्य सामान्य रहेकाे र सबै जनालाई अस्पताल लैजाने तयारी भएकाे मन्त्रालयले जनाएकाे छ।
