कन्टेनरभित्र लुकेर वीरगञ्ज आइपुगेका ५२ जना प्रहरी नियन्त्रणमा

रिपोर्ट नेपाल | 2020 Mar 25 | 11:02 am 2097

पर्सा, चैत १२: काठमाडौंबाट सामान बोक्ने कन्टेनरभित्र लुकेर वीरगञ्ज आइपुगेका ५२ जना यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई मंगलबार मध्यराति वीरगञ्जको घण्टाघरबाट प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको हो ।

उनीहरु लकडाउन उल्लंघन गर्दै काठमाडौंबाट चितवनको भरतपुर, हेटौंडा हुँदै वीरगञ्ज आइपुगेका थिए ।

काठमाडौंमा सामान छाडेर वीरगञ्ज फर्किँदै गरेको ना ५ ख ९५५२ नम्बरको कन्टेनरमा मानिसहरु चढेका थिए । उनीहरुले कन्टेनर चालकलाई २–२ सय रुपैयाँ भाडा दिएको बताएका छन् ।

बुधबार बिहान १० बजेसम्म उनीहरुलाई प्रहरीले नछाडेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.