काठमाडौं, जेठ २१: सानो तथा धनी मुलुक कतार र उसका ठूला छिमेकीहरू, साउदी अरेबिया र संयुक्त अरब एमिरेट्स (युएइ) लगायतबीचको एक वर्ष लामो राजनीतिक द्वन्द्वमा नयाँ अस्त्रको सहायता लिइएको छ। ती अस्त्र भनेको ‘बोट्स’, झुटा समाचार र अनधिकृत पहुँच ‘ह्यमकिङ्’ हुन्।
बोट्स त्यस्ता स्वचालित एकाउन्ट हुन् जुनले सामाजिक सञ्जालमा राखिएका सामग्रीलाई कृत्रिम रूपमा बढावा दिएर आमधारणा प्रभावित पार्ने प्रयास गर्छन्।
मे २४, २०१७ मा कतारको आधिकारिक समाचार संस्था ‘क्यूएनए’मा उक्त देशका अमिर शेख तमिम बिन हमाद अल-थानीले आश्चार्यजनक भाषण गरेको भन्ने विवरण आए। उनका केही टिप्पणी ‘क्यूएनए’का सामाजिक सञ्जालका एकाउन्टमा आए।
उसको युट्युब च्यानलमा राखिएको भिडिओको तल्लो भागमा देखिने ‘न्यूज टिकर’मा पनि ती टिप्पणी आए। ती टिप्पणीमा अमिरले इस्लामिक समूहहरू हमास, हेज्बुल्लाह र मुस्लिम ब्रदरहुडको प्रशंसा गरेको देखिन्थ्यो।