कतार पुलिसको जागिरको लागि कतार पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ 

रिपोर्ट नेपाल | 2023 May 15 | 07:59 am 953

काठमाडाैं, जेठ १ः कतार पुलिसको जागिरको लागि कतार पठाईदिन्छु भनी रकम ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा ताप्लेजुङ आठराई त्रिवेणी गा.पा. वडा नं. ४ घर भई हाल का.म.न.पा. वडा नं. १० थापागाउँ बस्ने वर्ष ४९ को रुद्र बहादुर लिम्बु रहेका छन् ।

हरि बहादुर कार्की समेत १९ जनालाई वैदेशिक रोजगारीको लागि कतारमा पठाईदिन्छु,
त्यसको लागि प्रतिव्यक्ति रु. ७ लाख रुपैयाँ  लाग्छ, कतारमा पुगेपछि कतार पुलिसमा भर्ना गराईदिन्छु, मासिक रु. १ लाख भन्दा बढी तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेका थिए ।

पीडितहरूबाट पटकपटक गरी जम्मा रु. ६९ लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराइदिन भनी पत्राचार भएकोमा  विशेष प्रहरी टोलीले लिम्बुको खोजतलास गर्ने क्रममा मिति २०८०।०१।२९ गते का.म.न.पा. वडा नं. ४ धुम्बराहीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.