कतारबाट धनबहादुरले लिए गुल्मीको चिन्ता

रिपोर्ट नेपाल | 2019 Jul 29 | 08:38 am 2042

काठमाडौं, साउन १३:  एउटा नेपालीलाई दुःख पर्दा अर्को नेपाली जहाँ जस्तो अवस्थामा भएपनि पोल्छ भन्ने उदाहरण स्याङजाका धनबहादुर सोमै मगरले देखाइदिएका छन् ।

आज भन्दा ठ्याक्कै हप्तादिन अघि सोमबारकै राति गुल्मी जिल्लाको सत्यवती गाउँपालिका स्थित लिम्घा र ठूलो लुम्पेकमा घटेको अकल्पनीय घटना प्रति आम नेपालीलाई दुःखीत तुल्याएको छ । सुन्दा पनि आङ जिरिङ्ग गर्ने खालको यो घटना सुनिसकेपछि धेरैथोरै सहयोग गर्ने दानवीर प्रसस्तै देखिएका छन् ।

१३ जनाको ज्यान जाने र सयौंको संख्यामा विस्थापीत गराउने गरी आएको भीषण पहिरोको कारण त्यस भेगको जनजिवन अस्तव्यस्त बनेको छ । रिपोर्ट नेपाल डटकमले त्यस्ता विपत्तीमा परेकाहरुलाई सक्दो सहयोग गर्न आग्रह गरेपछि स्याङजाका धनबहादुर सोमैले ५ हजार सहयोग गरेका छन् ।

मुलुकमा प्रर्याप्त रोजगार नभएका कारण कतारको दोहामा रोजगारीका लागि पुगेका धनबहादुर सोमैले घटना थाहा पाएपछि ५ हजार सहयोगको घोषणा गरेका हुन् । कतार जस्तो ठाउँमा आफ्नो पसिना बगाएर प्राप्त रकम प्रकोपमा परेकालाई सहयोग गर्ने सोमै धन्यवादका पात्र भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.