कटुवा पेस्तोल सहित उदयपुरमा एक पक्राउ

रिपोर्ट नेपाल | 2019 Nov 28 | 01:17 pm 3238

उदयपुर, मंसिर १२: गएराति साढे ९ बजे बेलका नगरपालिका ३ सातपत्रेबाट कटुवा पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका ३ सातपत्रेका १९ वर्षीय मनोज खत्री रहेका छन् ।

उनको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामगरले जानकारी दिए ।

एसपी बुढाका अनुसार पक्राउ परेका खत्रीले सातपत्रेबाट रामपुर तर्फ आउँदै गरेको स १ त ७४४० नम्बरको ट्याक्टरमा सवार सोही स्थानका १८ वर्षीय विश्व खड्कालाई ट्याक्टरबाट ओराली हातपात गर्दै कटुवा पेस्तोल देखाएपछि खड्काले प्रहरीलाई खबर गरेका थिए ।

खड्काले प्रहरीलाई जानकारी गराउनासाथ ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका प्रहरी टोलीले खत्रीलाई कटुवा पेस्तोल र गोलीसहित नियन्त्रणमा लिएको प्रहरीले जनाए । मनोजसँगै एक जना फरार भएकोले फरारको खोजीकार्य जारी रहेको एसपी बुढाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.