कटुवा पेस्तोल र नकाबसहित एक युवक पक्राउ

रिपोर्ट नेपाल | 2021 May 17 | 01:25 pm 5101

सर्लाही, जेठ ३ः प्रहरीले पेस्तोल र नकाबसहित एक जनालाई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय निवासी अन्दाजी वर्ष ३३ का रामकरण महतो रहेका छन् ।

उनलाई सर्लाहीको ईश्वरपुर नगरपालिका–५ को फुलजोरबाट नलकटुवा पेस्तोलसहित गरिएको इलाका प्रहरी कार्यालय केशरगञ्ज, वयलवालका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए।

इलाका प्रहरी कार्यालय केशरगञ्ज, वयलवाल र प्रहरी चौकी फुलजोरको संयुक्त गस्ती टोलीले शङ्का लागि जाँच गर्दा महतोको साथबाट एकथान मोबाइल, एक थान नकाब, रातिको समयमा प्रहरीले लगाउने जस्तो रङको ज्याकेट एक थान र विआर ३० यु ७७७३ नम्बरको भारतीय मोटरसाइकल बरामद गरेको प्रहरी निरीक्षक ढुङ्गानाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.