कटुवा पेस्तोलसहित एकजना पक्राउ

रिपोर्ट नेपाल | 2024 Aug 21 | 10:02 am 325

काठमाडौँ ०५ भदौ / इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडबाट खटिएको प्रहरी टोलीले कटुवा पेस्तोलसहित झापाको अर्जुनधारा नगरपालिका–४ दहिझोडाबाट एक जना पक्राउ परेका छन् ।

प्रहरीले स्थानीय ६२ वर्षीय इन्द्रबहादुर आङ्देम्बेलाई मङ्गलबार राती कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको हो । घरमा अवैध रुपमा हातहतियार लुकाईछिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले आङ्देम्बेलाई घरबाट पेस्तोसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका आङ्देम्बेलाई इलाका इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पछिल्लो समय झापामा साना हतियार समस्याका रुपमा देखा परेको छ ।

खुल्ला सिमाको फाइदा उठाउदै सहजै रुपमा झापामा हतियार उपलब्ध भएसँगै यसलाई नियन्त्रण गर्न प्रहरीलाई मुख्य समस्याका रुपमा देखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.