-
शंकर रिखाम मगर
उदयपुर फागुन, १८ः रौता स्पोर्ट क्लब रौतामाई ७ को व्यवस्थापन तथा जिल्ला फुटबल संघ उदयपुरको समन्वय र रौतामाई गाउँपालिका भुट्टारको आयोजनामा प्रथम रौतामाई फुटबल कप प्रतियोगितामा ० को विरुद्ध १ गोलले फत्तेपुर सेमि फाइनल प्रवेश गरेका छन् ।
चौथौ दिनको फुटबल खेलमा कटारी फुटबल क्लब उदयपुर र न्यु त्रीयुगा स्पोर्टस क्लब फत्तेपुर सप्तरी बीच भएको थियो । उक्त खेलमा मध्यान्तर अगाडि दुवै पक्ष शुन्य शुन्य अवस्थामा थिए, भने मध्यान्तर पछिको खेलमा पनि दुवै पक्षलाले गोल गर्न सकेका थिएनन् । तर खेलको समय सकिन ७ मिनेट बाँकी रहँदा न्यु त्रीयुगा स्पोर्टस क्लव फत्तेपुर सप्तरीका जर्सी नम्वर १७ का निरज चौधरिले १ गोल गरी टिमलाई विजयी गराएका थिए ।
आगामी २० गते शनिबारका दिन गोलबजार स्पोर्टस् क्लब सिराहासँग सेमि फाइनल खेल खेल्ने छन ।
आजको खेलमा म्यान अफ दि म्याचका न्यु त्रीयुगा स्पोर्टस क्लब सप्तरिका जर्सी नम्वर १७ का खेलाडी निरज चौधरी घोषित भएका थिए । उक्त घोषित खेलाडिलाई त्रीयुगा नगरपालिका १६ का पूर्व खेलाडी तथा समाजसेवी थमानबहादुर थापा मगरले नगद १ हजार र मेडल प्रदान गरि सहयोग गरेका थिए ।
आजको खेल खेलाउने क्रममा रेफ्रीहरु तिलक विक को साथमा कुमार आले मगर (राजु) अम्वरवहादुर राई, विजय राई र रुपेश मगर रहेका थिए ।
भोलिको प्रथम सेमि फाइनल खेल वसाहा ११ र गाइघाट फुटबल क्लब बीच हुने आयोजकले बताएको छ ।