कञ्चनपुर २ बाट कांग्रेसका एनपी साउद वियजी

रिपोर्ट नेपाल | 2022 Nov 24 | 07:15 am 145

कञ्चनपुर, मङ्सिर ८ः कञ्चनपुर क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता नारायण प्रकाश साउद विजयी भएका छन् ।

साउदले २८ हजार एक सय मत ल्याएका थियो भने नेकपा (एमाले)का नर बहादुर धामीले २१ हजार ६४५ ल्याएका थिए ।

उनी नेपाल विद्यार्थी सङ्घको पूर्व अध्यक्ष एव‌ पूर्व सांसद हुन् । नेपाली काँग्रेसको केन्द्रीय सदस्य समेत रहेका साउद प्रभावशाली नेताका रूपमा चिनिन्छन् । उनी नेपाली राजनीतिमा एनपि साउदको नामले परिचित छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.