कञ्चनपुर घटनाका घाइतेलाई गृहमन्त्रीले भेटे भने- ‘उपाचार निशुल्क हुन्छ’

रिपोर्ट नेपाल | 2018 Aug 24 | 02:48 pm 2339

काठमाडौं, भदौ ८ : कञ्चनपुरमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका अर्जुन भण्डारीलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भेटेका छन् ।आज बिहान त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर थापाले भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

अस्पतालमा भण्डारीका आफन्तलाई कुराकानी गर्दै गृहमन्त्री थापाले सरकारले घाइतेको निःशुल्क उपचार गर्ने आश्वसन दिए । साथै, घाइतेको स्वास्थ्य लाभको कामना समेत व्यक्त गरे । ‘घटनाबारे अनुसन्धान गर्न उच्च स्तरीय समिति गठन भइसकेको छ’, थापाले परिवारलाई आश्वस्त बनाउँदै भने, ‘सत्य, तथ्य बाहिर आउनेछ ।’

कञ्चनपुरमा ११ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको घटनामाथि प्रहरीले गरेको अनुसन्धानमा प्रश्न उठाउँदै चर्किएको आन्दोलनका क्रममा बिहीबार गोली लागेर ४ जना घाइते भएका थिए । त्यसमध्ये भण्डारीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.