कञ्चनपुर, भदौ १ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाकी १७ वर्षीया विवाहित किशोरीमाथि सामुहिक बलात्कार भएको छ । सामुहिक बलात्कार गर्ने दुई जना घटनास्थलबाट पक्राउ परेका छन् । तीन जना फरार भएका छन् । नदी किनारमा सामुहिक बलात्कार भएको थाहा पाएर स्थानीयले समातेर प्रहरीलाई बुझाएका थिए ।
शुक्लाफाँटा नगरपालिका ९ का वडाध्यक्ष रमेश ऐरले नदी छेउमै बलात्कार गरिरहेका दुई युवकलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको बताए । ‘घटना भइरहेको गाउँलेले थाहा मलाई खबर भयो,’ उनले भने, ‘हामीले समोतर प्रहरीलाई जिम्मा लगायौं ।’ पीडित पक्षले पाँच जनाको नाममा किटानी जाहेरी दिएका छन् ।
इलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज नैनसिंह साउदले किशोरीको स्वास्थ्य उपचारका लागि आफन्तको जिम्मा लगाएको बताए । फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।