कक्षा ११ को परीक्षाफल प्रकाशित, यसरी हेर्न सकिन्छ

रिपोर्ट नेपाल | 2019 Sep 24 | 11:05 am 3275

काठमाडाैं, असाेज ७: राष्ट्रिय परीक्षा बोर्डले केहिबेरअघि कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ । कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो ।  यसअघि कक्षा १२ को परीक्षा पनि अघिल्लो वर्षभन्दा छिटो प्रकाशित भएको थियो ।

यसैगरी बोर्डले पुरक परीक्षाको तालिका पनि सार्वजनिक गरेको छ । कात्तिक ३० गते र मंसिर १ गते पुरक परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ ।

परिक्षाफल निम्न वेबसाइटमा गएर हेर्न सकिन्छ :

www.neb.gov.np

www.neb.ntc.net.np

wwww.edusanjal.com

www.theconnectplus.com

wwww.ekantipur.com

SMS सेवा :
– नेपाल टेलिकमको १६०० मा गर्ने तरिका : NEB-Space-Symbol No. टाईप गरी १६०० मा  SMS गर्ने ।

– जानकी टेक्नोलोजी प्रा.लि.को ३५००१ मा SMS  गर्ने तरिका : NEB-Space-Symbol No. टाईप गरी ३५००१ म SMS गर्ने ।

– आकाश टेक प्रा.लि को ३१००३ मा SMS गर्ने तरिका : NEB-Space-Symbol No. टाईप गरी ३१००३ मा SMS गर्ने

IVR सेवा :

– त्यस्तै नेपाल टेलिकमको १६०१ नंम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नजिता प्राप्त गर्न सकिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.