ओष्कार अवार्डमा नेपालको तर्फबाट चलचित्र ‘शाम्बाला’

| 2024 Sep 22 | 02:02 pm 261

काठमाडौँ, आश्विन ०६ / ९७ औं एकेडेमी अवार्ड (अस्कर)का लागि नेपालबाट फिल्म ‘शाम्बाला’ छनोट भएको छ। अस्करको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो।

आधा दर्जन अन्तराष्ट्रिय चलचित्र महोत्सबमा उत्कृष्ट अवार्ड जितेको नेपाली चलचित्र शाम्बाला गत साताबाट नेपालमा प्रदर्शन भईरहेको छ । यो चलचित्र यतिबेला नेपालबाट हलिउडको ओष्कार अवार्डको लागि चयन भएको छ ।

ओस्कारका लागि अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले दिएको जानकारी अनुसार यस वर्ष ओस्कार प्रतिस्पर्धाका लागि शाम्बालाको मात्र निवेदन परेको थियो । सो निवेदनको आधारमा चलचित्र शाम्बालालाई चयन गरिएको हो । समितिका अनुसार चलचित्र शाम्बालाले ओस्कार अवार्डका सबै मापदण्डहरू पूरा गरेको छ ।

चलचित्र एकेडेमीका सबै मापदण्ड पुग्ने स्तरीय एवम अब्बल दर्जाको सिर्जना रहेकोमा प्राविधिक पक्ष, कथ्यको प्रस्तुति पक्ष, चरित्रहरूको भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बनोट आदि समेतलाई दृष्टिगत गरि उक्त अवार्डमा नेपालको प्रतियोगीका रूपमा सामेल गराउनका निम्ति शाम्बालालाई छनोट गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.