पाल्पा, अजोस ८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री गगन थापाले केपी ओली नेतृत्वको बहुमतको सरकार असफल भए मुलुकको शासकीय पद्धतिमै प्रश्न उठ्ने बताएका छन् ।
प्रेस युनियन पाल्पाले आज बिहान तानसेनमा गरेको पत्रकार सम्मेलनमा नेता थापाले सरकारले जनचाहना अनुसार काम गर्ने मेसो नपाएको र त्यसले संविधानको स्थायित्वमा संकट पैदा भएको बताएका हुन् ।
नेता थापाले लामो समयपछि बलियो सरकार बने पनि सुशासनको पक्षमा चुकेको र मुलुकलाई संवृद्धितर्फ उन्मुख गराउन चुकेको आरोप लगाएका छन् । यस्तो अवस्थामा प्रतिपक्षको भूमिका सशक्त बनाइने उनको दाबी छ ।
संघीयताबारे वर्तमान प्रधानमन्त्री केपी ओलीको स्पष्ट धारणा नभएको हुँदा प्रदेश सरकार कमजोर बन्दै गएको समेत उनले आरोप लगाए ।