ओली र प्रचण्डले देश कब्जा गर्न खोजेः प्रदीप पौडेल

| 2019 Oct 26 | 03:06 pm 1589

  • कपिल ज्ञवाली

बुटवल, कात्तिक ९: नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेतृत्व नालायक हुदा देश झन् पछाडी धकेलिएको आरोप लगाएका छन् ।

उनले केपी ओली र प्रचण्डले देश कब्जा गर्न खोजेको दाबी गरे । नकेपाले हरेक क्षेत्रमा राजनीतिक हस्तक्षेप गरेको भन्दै उनले भने —अदालत, प्रसासन, प्रहरीमा राजनीतिकरण गरिएको छ, मानवअधिकार, अभिब्यक्ति स्वतन्त्रतामाथि धर्म संस्कृतिमाथिको हस्तक्षेप अस्वीकार्य छ ।

बुटवलमा आज (शनिबार) बिहान रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ द्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै युवा नेता पौडेलले नेकपाले गरिरहेको सत्ता कब्जाको बिरुद्धमा शशक्त रुपमा लड्नुपर्ने बताए ।

हरेक क्षेत्रमा एकाधिकार बढाउने कोशिश गरिएको भन्दै उनले सरकारले राजनीतिप्रति बितृष्णा पैदा गर्ने, कानुन उल्लंघन गर्ने, सत्ताको आडमा अराजकता मच्चाउने कामको कांग्रेसले बिरोध गर्ने बताए ।

दईतिहाइको कम्युनिष्ट सरकारको २२ महिना बितेपनि सरकारले जनअपेक्षा पूरा गर्न नसकेको उनको दाबी छ ।

नेपालमा व्यवसायीक वातावरण बन्नुको पछाडी प्रतिपक्षको भूमिका छ, हामीले सडकमा टायर बालेका छैनौं, संयम भएका छौं ।

सरकारले हिजोभन्दा बढि हस्तक्षेप, गीतकार, गायक भिटेन, दुर्गेश, पशुपतिमाथि प्रतिबन्ध, सिर्जनामाथि पनि हस्तक्षेप, अभिब्यक्ति स्वतन्त्रतामाथि दमन किन गरिरहेको छ यो संविधान विपरित भएको पौडेलले बताए ।

कांग्रेस भएसम्म अभिब्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप सम्भब नभएको दाबी गर्दै नेता पौडेलले, लोकतान्त्रिक मुल्य मान्यता र थिती बसाल्न, संस्कार र संस्कृतिको जगेर्ना गर्न कांग्रेसबाट मात्रै सम्भब हुने उनको भनाई छ ।

भर्खरै चिनीया राष्ट्रपतिले नेपाल भ्रमण सकेको र त्यसपछि सत्ताधारी नेकपाले सी बिचार नै आयात गर्न खोजेको उनको आरोप छ ।

मौलिकता फेरेर कसैको चाकडी नगरौं, सी बिचार नै आयात गरेर कुनैपनि छिमेकी खुसी हुदैनन् उनीसंग नजिक भइदैन, चीनले बिना स्वार्थ नेपालमा लगानी गर्दैन । पौडेलले भने । देशमा हस्तक्षेप बढाउने गरी कसैले कोहिसंग सहमति गर्न नहुनेमा उनको जोड छ ।

भारत र चीनसंग राम्रो सम्बन्ध बनाउनुपर्ने तर त्यसअघि नेपालका दलसंग छलफल गरेर राजनैतिक सहमति बनाउनुपर्ने उनको भनाई थियो ।

पौडेलले यो सरकारलार्इ सच्याउनका लागि पनि उपनिरर्वाचनमा कांग्रेसलाइ भोट दिने दाबी गरे । मध्यावधि मुल्यांकन जस्तै यो पटकको उपचुनाव हुने उनको ठहर छ ।

सरकारको कामको मुल्यांकन, कांग्रेसको हिसाबकिताब यहि उपचुनाबले गर्ने पौडेलको भनाई छ ।

फौजदारी अभियोग लागेका सांसदको निश्पक्ष अनुसन्धानमा कांग्रेसको सहयोग गर्ने उनले बताए । राजनैतिक पूर्वाग्रह साधिंएको छ, घटनामाथि निश्पक्ष छानबिन होस् । उनले बताए ।

कोही अपराधि, कोही भ्रष्टाचारी, कोही बलात्कारी भएपनि जोगिने ? अरुलाइ मात्रै कानुन लाग्ने उनको प्रश्न छ ।

कांग्रेसका युवा नेता पौडेलले कांग्रेसको नेतृत्व परिवर्तनको जरुरी रहेको बताए । पार्टीले प्राथमिकता, बिचार बदल्न जरुरी रहेको भन्दै उनले नेतृत्व परिवर्तन आजको आवश्यकता भएको दोहोर्याए ।

अहिलेको चुनौतीको बोझ हटाउनुपर्नेछ, कांग्रेसले आशा सञ्चार गर्न सक्नुपर्दछ, दुईतिहाइले केही गर्न सकेनन्, कांग्रेसले गर्न सक्नुपर्छ, उनको भनाइ छ ।

अबको चुनाब जित्नका लागि कांग्रेसको बदलिएर आउनुपर्ने भन्दै उनले ३३ प्रतिशत कांग्रेस, ४८ प्रतिशतको नेकपासंग लड्न सक्नुपर्ने बताए ।

कांग्रेस अब ब्लु प्रिन्टका साथम आउनुपर्छ, २५ लाख भोट थप्नुपर्छ, मुद्दागत प्रतिस्प्रर्धामा राजनीति गर्नुपर्छ’ अबको उपचुनावमा जित्नेलाइ टीकट दिनुपर्ने भन्दै उनले पार्टीभित्र गुट उपगुट हेरेर अब हिजोको गल्ती दोहोर्याउनु हुदैन । उनले भने ।

कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.