ओली भन्छन्- बोलि चिप्लिएको हो, प्रचण्ड भन्छन्- वक्तव्य चिप्लिएको छैन, सहि छ

| 2019 Feb 07 | 03:04 pm 1679

काठमाडौँ, माघ  २४ : भेनेजुएला प्रकरणलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच जुहारी चलेको छ ।

बिहीबार भरतपुर विमानस्थलमा प्रेस चौतारी र प्रेस संगठन चितवनले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले पार्टी र सरकारले धारणा एउटै भएको दावी गरे। पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफ्नो विज्ञप्ती सार्थक रहेकोमा जोड दिए । उनले आफ्नो विज्ञप्तीमा स्वतन्त्र सार्वभौम सत्ता सम्पन्न राष्ट्रमा बाह्य हस्तक्षेप नहोस् भन्ने आसय रहेको र यसरी जारी गरेको विज्ञप्तीमा आफु अडिग रहेकोमा जोड दिए ।

प्रचण्डको विज्ञप्तीलाई लिएर असन्तुष्ट देखिएका अमेरिकी राजदूतसँगको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञप्तीमा प्रचण्डको शब्द चिप्लिएको भन्दै सकारात्कतातिर मोडेका थिए । तर अध्यक्ष प्रचण्डले त्यसको खण्डन गर्दै आफुले जारी गरेको विज्ञप्ती कै स्पिरिटमा परराष्ट्रबाट पनि वक्तव्य जारी थियो भन्दै आफ्नो वक्तव्यमा बोली नचिप्लिएको आशय दिएका छन् ।

उनले भने ‘मंगलबारको सचिवालय बैठलेसमेत हस्तक्षेपको विरोधमा वक्तव्य जारी गरिसकेको छ । यसमा व्यक्तिको भनाइले केही अर्थ राख्दैन,’ । बिहीवार बिहान भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले आफुले जारी गरेका वक्तव्यमा प्रधानमन्त्री ले कसरी कुन सन्दर्भमा यस्तो भने भन्दै कुन अर्थमा त्यो कुरा भन्नु भएको हो आफूलाई थाहा नभएको उल्लेख गरेका छन् ।

यस विषयलाई ओलीले अमेरिकी राजदुत समक्ष राष्ट्रपति डोनाल्ड ट्रम्पको जिब्रफ चिप्लिएजस्तै लिन अर्थाएका थिए। अमेरिकाले पनि ट्रम्पको ह्वाइट हाउसमा सुरक्षा अधिकारीहरूको बिफ्रिङमा नेपाल भारतमा पर्ने भन्ने होइन भन्दै अज्ञानता प्रकट गरेको खुलासा हालै ‘टाइम्स म्यागेजिन’ले गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.