ओली-प्रचण्ड नेतृत्वको नेकपा दर्ता खारजीको मागसहित सर्वोच्चमा रिट

| 2018 Jun 15 | 07:06 am 2636

काठमाडौं, असार १ : प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृतेवको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दर्ता खारेजीका लागि माग गर्दै सर्वोच्च अदालतमा रिट नेवदन दर्ता भएको छ ।

अदालतमा १२ जना ले निर्वाचन आयोगविरुद्ध उक्त रिट निवेदन दर्ता गरेका हुन् । अधिवक्ता इन्दु तुलाधर, वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीलगायत १२ जनाले कानूनी प्रक्रिया पूरा नगरी नेकपा निर्वाचन आयोगमा दर्ता भएको दाबी सहित बदरको माग राखेका हुन् ।

दलको सबै तहको समितिमा कम्तीमा एक तिहाई सदस्य महिला हुनुपर्ने प्रावधान विपरीत समावेशीको मापदण्ड पूरा नगरेको दललाई आयोगले हचुवाको भरमा दर्ता गरेको भन्दै निवेदकहरुले दर्ताको निर्णय खारेजीको माग गरेका हुन् ।

संविधानले राजनीतिक दलहरुको अन्तरिम विधानको कल्पना नै नगरेको अवस्थामा अन्तरिम विधानकै आधारमा नेकपा दर्ता भएको भनी रिट निवेदनमा त्यसको वैधतामाथि प्रश्न उठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.