काठमाडौँ ३ जेठ / बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिबन्धु टि-स्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको बताएका छन् ।
अदालतले फैसला गरेपछि गिरीबन्धु टिस्टेटको निर्णय कांग्रेसको पालामा भएको कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेको कुरा बाहिर आएको भन्दै उनले आफ्नो पालामा भएको निर्णयलाई हो भन्न किन आपत्ति ? भन्दै प्रश्न गरे ।
‘ओलीजीले बोलेको भनेर बाहिर आएको छ। अदालतले फैसला गरेपछि गिरीबन्धु टि-इस्टेटको निर्णय कांग्रेसको पालामा भएको भनेर। आफूले निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ,’ देउवाले भने, ‘कहिले, कसको पालोमा भयो, के भयो भनिदिए भइहाल्यो नि! त्यसकारण यस्तो कुरा उहाँ जस्तो नेताले भन्न सुहाउँदैन, आफूले गरेको कुरा गरेको हो भन्न के आपत्ति छ। अदालतले उहाँलाई भनेको छ, तर उहाँ के भन्नुहुन्छ भने कांग्रेसको पालामा भएको छ भनेर झुट प्रचार गर्दै हुनुन्छ उनले भने ।’
‘