ओलीको दुबै पदबाट राजिनामा मागिएपछि भोली स्थायी कमिटीको बैठक बस्दै

| 2020 Jul 16 | 03:48 pm 1918

काठमाडौं, साउन १ः गत असार १० गतेदेखि सुरु भएको नेकपाको स्थायी कमिटीको बैठक भोली शुक्रबार फेरि बस्ने भएको छ ।

पार्टी भित्रको आन्तरिक कलहलाई मिलाउने भन्दै बैठक सुरु भएपनि नेकपा अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको दुबै पदबाट राजिनामा मागेपछि विवाद भएको थियो ।

साउन २ गतेसम्म अध्यक्षबीच सहमति गर्न भनी रोकिएको बैठक विवाद साम्य नभएका कारण भोली बैठक बोलाइएको हो ।

मंगलबार र बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच भएको वार्ता निष्कर्ष बिहीन भएपछि आज बरिष्ठ नेता माधव कुमार नेपालसहित छलफल भएको थियो ।

आज पनि तीन नेताबीच सहमति नभएपछि भोलीका लागि बैठक बोलाउने सहमती भएको छ ।

आजको छलफलमा अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री ओलीले दुबै पदबाट राजिनामा दिनुपर्ने माग दोहोर्याएका थिए ।

प्रधानमन्त्री ओलीले भने दुबै पद नछाड्ने अडान राखेका कारण भोली बैठक बोलाइएको हो । भोली अपरान्ह बस्ने बैठकले कस्तो निर्णय गर्ने हो त्यो भने हेर्न बाँकी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.