ओलाङ्चुङगोलामा बीओपीद्वारा सरसफाई

रिपोर्ट नेपाल | 2022 Jul 17 | 07:18 am 2061

ताप्लेजुङ, साउन १ः ताप्लेजुङको उत्तरी सीमावर्ती गाउँ ओलाङ्चुङगोलामा सशस्त्र प्रहरी बल नेपालले सरसफाई अभियान सञ्चालन गरेको छ । ओलाङ्चुङगोलामा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) ले ओलाङ्चुङगोला क्षेत्रमा सरसफाई गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल बीओपीको अगुवाइमा शनिबार ओलाङ्चुङगोलामा सरसफाई अभियान सञ्चालन गरिएको हो । बीओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक अनिल खड्काको नेतृत्वमा सरसफाई अभियान सञ्चालन गरिएको बताइएको छ । सरसफाई अभियानमा नेपाल प्रहरी र स्थानीय बासिन्दा समेतको सहभागिता रहेको थियो ।

चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला तीनहजार २०० मिटरको उचाइमा रहेको हिमाली बस्ती हो । ओलाङ्चुङगोला जिल्लाको एक प्रमुख पर्यटकीय स्थलसमेत भएकाले बेला–बेलामा सरसफाई लगायत पर्यटकलाई आकर्षित गर्नेगरी विभिन्न गतिविधि गर्ने गरिएको छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.