ओरेक नेपालद्धारा लैंगिक हिंसा विरुद्धमा लहानमा प्रदर्शन

रिपोर्ट नेपाल | 2020 Oct 12 | 09:10 pm 4144

महेश सिंह सिरहा, असोज २६ः अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा सिरहाको लहानमा लैंगिक हिंसा विरुद्धको र्याली कार्यक्रम सम्पन्न भएको छ ।

केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको ध्यानाकर्षण गराउन र्याली निकालिएको हो। मौनता तोडौ भन्ने नाराका साथ बलात्कार र लैंगिक हिंसा विरुद्धको राष्टिय अभियान अन्तरगत लहानमा दोस्रो पटक ओरेकले प्रदर्शन गरेको हो ।

No description available.

ओरेक नेपालको आयोजना र जनसेवा युथ क्लव र मिथिला सोसल क्लबको सहकार्यमा राममन्दिरबाट निकालिएको र्याली शहिद चौकमा गएर कोण सभामा परिणत गरी कार्यक्रम सम्पन्न गरिएको थियो।

पछिल्लो समय अक्टोवर २ अर्थात असोज १६ गते समेत प्रर्दशन गरेका थिए। र्याली कार्यक्रममा दर्जनौको सहभागिता रहेको थियो।

बलात्कार र लैंगिक हिंसा विरुद्धको राष्ट्रिय अभियान अक्टोवर २ देखि डिसेम्बर १० सम्म चलिरहने ओरेक नेपालकी कार्यक्रम तथा संचार अधिकृत अनिता चौधरीले जानकारी दिइन् ।

सिरहामा बिभिन्न कार्यक्रम गरी अभियानलाई सफल पार्ने ओरेक नेपालकी जिल्ला संयोजक ज्योति तिवारीले
जानकारी दिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.