ऐतिहासिक तथा धार्मिक स्थल रेसुङ्गामा हिमपात

| 2021 Dec 29 | 04:20 pm 3025

गुल्मी, पुस १४ः जिल्लाकाे ऐतिहासिक तथा धार्मिक स्थल रेसुङ्गामा हिमपात भएको छ । उक्त क्षेत्रमा बिहान ३ बजेदेखि हिमपात भएको यज्ञशालामा बस्दै आएका पण्डित कृष्ण प्रसाद पन्थीले जानकारी दिए ।

 रेसुङ्गाको महापोखरी देखि भ्युटावरसम्मका क्षेत्रमा करिब १ फुट जति हिउँ परेको पन्थीले जानकारी दिए । हिमपातले त्यहाँ रहेका सम्पूर्ण बोट विरुवा ढाकेको पन्थीले बताए ।

हिमपातभएसंगै हिउँसंग रमाउने पर्यटकहरुमा लागि भने नयाँ दृश्य सिर्जना भएको पन्थीको भनाई छ । उनले हिउँले भरिएको रेसुंगाको अवलोकनका लागि पनि आग्रह गरे । अहिले सदरमुकाम तम्घास लगायतका क्षेत्रमा मौसममा परिवर्तन देखिएको छ ।

हिमपातका कारण सदरमुकाम तमघास आसपासका क्षेत्रहरुमा चिसो बढेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया