एसिया कप छनोट: सिंगापुरले दियो नेपाललार्इ १५२ रनको लक्ष्य

| 2018 Sep 02 | 10:12 am 2400

काठमाडौं, भदौ १७: एसिया कप छनोटको चौथो खेलमा सिंगापुरले नेपालसामु १ सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर सुरुवाती व्याटिङ गरेको सिंगापुरले ४२ औं ओभरमा अलआउट हुदै १ सय ५१ रन मात्र बनाउन सक्यो ।

चेतन रामचन्द्रले सर्वाधिक ६० रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहेन। नेपालका ललित राजवंशी र सन्दिप लामिछानेले समान ३-३ विकेट लिए । सोमपाल कामीको नाममा एक विकेट रह्यो ।

एसिया कपमा छनोट हुने सम्भावना जिवितै राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ। नेपाल ३ खेलको समाप्तिमा मात्र २ अंक जोडेको छ ।

शनिबारको खेलमा नेपालले मलेसियालार्इ १९ रनले पराजित गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.