एसिया कप छनोट : नेपालको फराकिलो हार, एसिया कप सपना जस्तै

| 2018 Aug 30 | 04:04 pm 1521

काठमाडौं, भदाै १४ : नेपाल एसीसी एसिया कप छनोट क्रिकेट प्रतियोगितामा लगातार दोस्रो पटक पराजित भएको छ । नेपाल आज युनाइटेड अरब इमिरेट्स युएईसँग ७८ रनले पराजित भएको हो ।

मलेसियाको किनारा ओभल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको निम्तो पाएको युएईले निर्धारीत ओभरमा नौ विकेटको क्षतीमा २ सय ५४ रनको योगफल तयार पारेको थियो । युयुएईका लागी ६५ रन बनाएका थिए । यता बलिङतर्फ भने नेपालका सन्दिप लामिछाने ४ विकेट लिँदा वसन्त रेग्मी र सोमपाल कामीले समान २–२ विकेट लिएका थिए । यता दुई सय ७९ रनको विजय लक्ष्य सहित उत्रिएको नेपाल ४८ दशमलव ५ ओभरमा अल आउट हुदै एक सय ७६ रनमा समिटियो ।

नेपालका लागि लामो सयम पछि टोलीमा अटाएका सुवास खकुरेलले ५० रन बनाए । त्यसैगरी दिपेन्द्रसिह एैरीले ४० रन बनाउँदा कप्तान पारस खड्का १६ रनमै आउट भए । बलिङतर्फ युएईका अहमेद राजाले ४ तथा मोहम्मद नाभिदले ३ विकेट लिए । नेपाल पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित भएकोले आजको हारसँगै नेपालको एसिया कप खेल्ने सम्भावना निकै कमजोर बनेको छ ।

याे दोस्रो हारसँगै नेपाल विजेताका रुपमा एसिया कप खेल्ने आशा निकै झिनो बनेको छ। ६ टोली सहभागी यस छनोट प्रतियोगिताबाट एकमात्र टोली छनोट हुने छ। लिग चरणका शीर्ष दुई टोलीबीच हुने उपाधि भिडन्तको विजेता एसिया कपमा पुग्ने छ जहाँ उसले पाकिस्तान र भारतसँग समूहगत चरणमा खेल्ने छ। पहिलो खेलमा बुधबार ओमानसँग ७ विकेटले पराजित भएको थियाे । एसिया कप खेल्नको निम्ति समूहको विजेता बन्नुपर्ने छ ।

नेपाल दुई खेलमा हारेको कारण अबको तीन खेलमा जित निकाले पनि अरू टिमको नतिजा भर पर्नु पर्नेछ । नेपालले अव शनिबार मलेसिया, आइतबार सिँगापर र मगलबार हङकङसँग खेल्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.