एसिड आतंक: विहे गर्न नमानेको भन्दै फेरि एसिड र छुरा प्रहार

| 2018 Sep 25 | 10:28 am 2035

नवलपरासी, असोज ९: रौतहटको एसिड प्रकरणको घाउ सेलाउनुको सट्टा झन बल्झदै गर्दा नवलपरासीमा फेरी यस्तै घटना भएको छ।

पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ हरबासीका एक पुरुषले आफूसँग बिहे गर्न नमानेको भन्दै एक महिलामाथि एसिड र छुरा प्रहार गरेका छन् ।

स्थानीय ३६ वर्षीय खले विक भन्ने विमल श्रीपालीले हरबासीकै ३० वर्षीया बसन्ती परियारलाई एसिड र छुरा प्रहार गरेका हुन् । उनीहरु दुवै विवाहित हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विमलले बसन्तीलाई सोमबार राति एसिड छ्यापेर तीन पटकसम्म छुरा प्रहार गरेका थिए । बसन्ती गम्भीर घाइते भएकी छन् । उनको चितवनको भरतपुरमा उपचार भइरहेको छ ।

एसिड प्रहार गर्ने विमल श्रीपालीलाई गएराति नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसअघि रौतहटमा दुर्इ दिदीबहिनीलार्इ एसिड प्रहार गरी घाइते भएकी सम्झनाको उपचारका क्रममा ज्यान गएको छ भने बहिनी सुस्मिताको काठमाडौंस्थित किर्तिपुर अस्पतालमा उपचार भइरहको छ।

त्यसैगरी अछाममा एक ६ महिनाको बालकलार्इ एसिड प्रहार गर्दा उपचारका क्रममा मृत्यु भएको थियो।

पछिल्लो समय एसिड आक्रमणका घटनामा निकै वृद्धि भइरहको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.