कास्की, फागुन ४: जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्की पुरस्कृत भएका छन्।
कास्की सरूवा भएको छोटो समयमा जिल्लाको शान्तिसुरक्षामा उल्लेख्य योगदान गरेको भन्दै गण्डकी प्रदेश सरकारले एसपी कार्कीलाई पुरस्कृत गरेको हो।
गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा एसपी कार्कीलाई पचास हजार नगद सहित प्रोत्सान स्वरूप सम्मान गरिएको प्रदेश सरकारले जनाएको छ ।