एसपी ढुंगेलको सक्रियतामा नलकटुवा पेस्तोल सहित २ जना पक्राउ

रिपोर्ट नेपाल | 2024 Feb 23 | 07:07 am 605

वीरगन्ज, फागुन ११। जिल्ला प्रहरी कार्यालय पर्साले हातहतियार सहित दुईजनालाई पक्राउ गरेको हो।

हातहतियार सहित पक्राउ पर्नेमा कालिकामाई वडा नम्बर ५ का दिपेन्द्र गिरी र पोखरीया वडा नम्बर ९ का शिवपुजन मुखियालाई अबैध नलकटुवा पेस्तोल सहित नियन्त्रणमा लिएको हो।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बहुदरमाई न.पा. वडा नं.९ स्थित सडकखण्डमा सवारी साधनहरू चेकजाँच गर्ने क्रममा ना १२ प ४९७१ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा निजले लगाएको कालो रंङको ज्याकेटको वाँया साईडको गोजीमा लुकाई छिपाई राखेको अवस्थामा अबैध नलकटुवा पेस्तोल थान-१ पक्राउ परेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए।

हातहतियार सहित गिरी र मुखियालाई नलकटुवा पेस्तोल सहीत बरामद गरी उनीहरू विरुद्ध हातहतियार सम्बन्धी कसूरमा मुद्दा चलाई थप अनुसन्धान तथा कारवाही भईरहेको प्रहरी उपरीक्षक ढुंगेलले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.