काठमाडौं, साउन १६ः जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तका घुमुवा कमाण्डर प्रहरी निरीक्षक रबीभुषण प्रसाद यादवको चुरीफुरी दिनप्रतिदिन बढ्दै गएको छ ।
विभिन्न जिल्लाका घुमुवालाई प्रदेश र मुख्यालयले तान्दा समेत सबैभन्दा तस्करसँग उठबस हुने रबीभुषण प्रसाद यादव त्यही कार्यरत रहिरहनु कस्को आशिर्वाद हो बुझ्न सकिएको छैन ।
रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार भैसी व्यापारी देखि भन्सार छलेर कपडा तस्करी गर्ने तस्करसँग नियमित सम्पर्कमा रही रकम असुली गर्दै आएका यादवले गत १४ गते बुधबार राति तीनवटा टाटा मोबाइलबाट मरिच पास गराएका छन् ।
बुधबारको मध्यरातमा सई सुमन सिंह, बैदनाथ दासको सकृयतामा र रबीभुषणको निर्देशनमा मरिच पास गराइएको हो ।
पोखरीया नाकाबाट मरिचपास गराउनका लागि सई सुमन सिंह र बैदनाथ दास एकै मोटरसाइकलमा त्यहाँ पुगेका थिए ।
प्रहरी निरीक्षक रबीभुषण प्रसाद यादवले लकडाउनको बेला जादुलाल यादवसँग मिलेर जानकीटोलबाट भैसी तस्करी गराएका थिए ।
भारतबाट भैसी तस्करी गराए बमोजिम उनले मासिक डेढ लाख लिएर एसपी गंगा पन्तलाई एक लाख बुझाउने गरेको समाचार स्रोत बताउँछ ।
नकित अग्रवाल भन्ने हुण्डी कारोबारीसँग समेत राम्रै आम्दानी गर्ने प्रहरी निरीक्षक यादवले भिसहवाको गाउँबाट लडुराम मार्फत छोकडा तस्करी गराउने गरेको स्रोतको दाबी छ ।
प्रहरी महानिरीक्षक शैलेश थापाले भष्ट्राचार शुन्य शहनशिलताको कुरा उठाइरहेको बेला दिनहुँ तस्करसँग मिलेर वर्षौदेखि वीरगंज वरिपरीको नाकामा ब्रम्हलुट मच्चाएको रबीभुषणलाई कसले काखी च्यापेको छ त्यो खोजिको विषय भएको छ ।
तस्कर माफियाको अगाडि घुसिया शिरोमणी भनेर चिनिने यादवको नाङ्गो नाच र एसपीको ममता कहिले सम्म पाउने हुन् हेर्न बाँकी छ ।