कास्की, माघ ४ः गृहमन्त्रालयबाट गण्डकी प्रदेश ट्राफिक प्रमुखको जिम्मेवारी पाएका प्रहरी उपरीक्षक गोविन्द अधिकारीले आफ्नो कार्यभार सम्हालेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनकुटाबाट गृहमा सरुवा भएका अधिकारी नेपाल प्रहरी भित्र स्वच्छ छवी र कर्तव्यप्राण अधिकृतका रुपमा परिचित छन् । एसपी अधिकारीले धनकुटामा रहँदा उल्लेख्य कार्य गरेका थिए ।
कोभिड १९ का कारण मुलुक लकडाउनमा रहेका बेला अधिकारीले धनकुटामा शान्ति सुरक्षा कायम गराउनमा ज्यादै राम्रो काम गरेका थिए । प्रहरी संगठनलाई सर्वोपरी ठान्ने एसपी अधिकारीको कमाण्डमा रहेका गण्डकी प्रदेश ट्राफिक प्रहरीले त्यस भेगका ट्रफिक व्यवस्थापनमा पनि उल्लेख्य भूमिका निर्वाह गर्ने आशा गरिएको छ ।