एसपीको निर्देशन विपरीत सशस्त्र प्रहरी गुल्म, बिओपी र मिलोमतोमा भिस्वा नाकाबाट शशिकान्तको ठुलो मात्रामा तस्करी शुरु;प्रमुख मौन

रिपोर्ट नेपाल | 2024 Feb 03 | 09:13 pm 405

वीरगन्ज, माघ २०। पर्साको ग्रामीण भेगका नाकाहरुबाट व्यापक रुपमा तस्करी सशस्त्र प्रहरीको मिलोमतोमा फष्ट्याएको छ।
पर्साको ग्रामिण भेगमा पर्ने सबैठवा , धोरे,भिस्वा, बुढगाई, टिहु, मिरजापुर को लगाएतको नाकाहरुबाट व्यापक रुपमा तस्करी शुरु भएको हो।
शान्ति सुरक्षा र सीमा सुरक्षा एवम सिमाना नाकाबाट हुने चोरी तस्करी तथा आपराधीक गतिविधी रोक्न निम्ति खटाएको सशस्त्र प्रहरी नै तस्करहरुबाट आर्थिक लाभ लिएर तस्करी गराउन छुट दिएका छन।

भारतबाट नेपाल तर्फ भिस्वा नाकाबाट काजु, लत्ताकपडा, पाउडर दूध, जुत्ताचप्पल, हार्डवेयर, इलेक्ट्रोनिक पार्टस, मोटरपार्टस, भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ रजनीगन्धा, स्पेयर पार्टस, भाँडाकुँडा, खानेतेल, चिनी लगायतका खाद्यान्न र कस्मेटिक तथा खेलकूदलगायतका सामग्रीहरु मोटरसाइकल, साइकलका माध्यमबाट नेपालमा भित्रने गरेको छ । दैनिक लाखौँ र मासिक करोडौं मूल्यबराबरका उल्लेखित सामान भन्सारछली गरी भित्रदा ठूलो रकम राजस्व छली हुने गरे स्थानीयहरुले बताएका छन।भारतमा सस्तो र नेपालमा महंगो भएका कारण सख्खर, धान र गहुँको तस्करी खुब बढेको छ । धान, गेहुको ओसार पसार गर्ने तस्करहरु संग प्रति ट्रेक्टर ३ हजार र सख्खर ओसार पसार गर्ने तस्करहरु संग प्रति ट्रेक्टर ७ हजारका दरले सशस्त्र प्रहरी गुल्म र भिस्वा बिओपीले बुझि लाईन दिएको नाम नछाप्रने सर्तमा एक व्यापारीले बताए।

बुढगाईको नाका हुदै रातीको समयमा धान, गेहु र सख्खर लोड ट्रेक्टर दैनिक नेपालतर्फ भित्रीयाउने गरेको स्थानियहरुले बताएका छन । तस्करहरुले सशस्त्र प्रहरीकै सेटिङमा रातीराती ट्याक्टरकै माध्यमले सख्खर, धान र गहुँको तस्करी गर्ने गरेका छन भने दिनको समयमा साइकल र मोटरसाइकलमा २–२ बोरा ल्याई जम्मा गरी ट्याक्टरमा लोड गरेर बीरगंज, परवानीपुर, जितपुरसम्म पठाउने गरेका छन् ।

भिस्वाबाट शशिकान्त भन्ने तस्करले हड्डीको धुलो र हुण्डी कारोबार र डिसको गर्दे आएका छ भन्ने ईजाहर नाऊको तस्करले व्यापक रुपमा लत्ताकपडा लगाएतको तस्करी हुँदै आए पनि माथिल्लो तहको हाकिमहरु कानमा तेल हालेर बसेका हुन।
सशस्त्रका प्रस्तावित गुल्म बिओपी सबैठवाका सशस्त्र प्रहरी नायब निरीक्षक लाल सिंह बिष्ट र सशस्त्र प्रहरी बल बिओपी भिस्वाका प्रमुख एवम सशस्त्र प्रहरी निरीक्षक छबी दर्लामीकै तस्कर संग ठुलो रकम बुझेर लाईन दिएको एक तस्करले बताए ।

सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्याले तस्करी बन्द गर्ने निर्देशन दिएपनि निर्देशन विपरीत उनको मातहत रहेको गुल्म र बिओपी दुबैजनाले आफ्नो हाकिमको नाऊमा तस्करहरु सँग मोटो रकम बुझि ठूलो मात्रामा तस्करीको लाईन दिएको स्रोतले जनाएको छ।
यस बिषयमा बुझनको लागि सशस्त्र प्रहरी बल प्रस्तावित सुमा सुरक्षा गुल्मका प्रमुखको 9851272332 फोन नम्बरमा कल गरि बुझ्न खोज्दा उनको फोन उठेन।
यस्ता गतिविधी तर्फ सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुखको ध्यान जान यति आवशयक देखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.