एसएसपी श्याम खत्रीको बयान सकियो

रिपोर्ट नेपाल | 2018 May 31 | 12:46 pm 2661

विराटनगर , जेठ १७ : सुन तस्करीका मुख्य अभियुक्त मानिएका एसएसपी श्याम खत्रीको बयान सकिएको छ।
आज बिहान जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका थिए । आत्मसमर्पणपटि जिल्ला अदालत मोरङले बयान लिन शुरु गरेको थियो ।

उनको खोजीमा बुधबार मात्र अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस जारी भएको थियो। नोटिस जारी भएको २४ घण्टा नबित्दै खत्रीले जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका थिए। जिल्ला अदालतका मोरङका अनुसार उनको थुनछेक बहस केहीवेरमा सुरु हुँदैछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.