एसएसपी र संचार डिएसपीकाे आदेशमा घुमुवा परिचालन

| 2020 Aug 25 | 02:03 pm 3301

धनुषा, भदाै ९ः २ नम्बर प्रदेश प्रहरी कार्यालयले जनकपुरबाट विपद् व्यवस्थापनमा काज गरेका सई सन्ताेष झा लगायतका चार जना घुमुवा अहिले पनि प्रदेशकै घुमुवाका रूपमा काम गरिरहेका छन् ।

रिपाेर्ट नेपाललाई प्राप्त समाचार अनुसार सई सन्ताेष झा लगायत हवल्दार श्याम सुन्दर साह,  राजमंगल सिंह र बैजु यादवले विभिन्न तस्करसँग तस्करी गराएर पैसा उठाएकाे गुनासाे बढेपछि चारै जनालाई डिआइजी धिरजप्रताप सिंहकाे निर्देशनमा विपद् व्यवस्थापनमा लखेटिएकाे थियाे ।

यसरी बदनामी कमाएर घुमुवालाई एसएसपी यज्ञबिनाेद पाेखरेल र संचार दरबन्दी भएका प्राविधिक डिएसपी अंशु सिंहकाे आशिर्वादमा प्रदेशकै घुमुवा बनाइएकाे  छ ।

प्रशासनकाे समेत जिम्मेवारी पाएका डिएसपी अंशु सिंहले कतिपय कुरा डिआइजीलाई जानकारी नदिई काज गर्ने गरेकाे बताइन्छ ।

तत्कालिन डिआइजी  प्रधुम्न कार्कीले सई सन्ताेष झाकाे बदमासी बारे थाहा पाएपछि उनलाई विपद् व्यवस्थापनमा काज गरिएकाे थियाे ।

कार्की बढुवा भएपछि सई झालाई डिएसपी अंशुले फेरि जनकपुर ल्याएका छन् । अहिले सई झाले जनकपुर, महाेत्तरी, सिरहा र सप्तरी गरी चार जिल्लामा पुगेर पैसा उठाउने गरेकाे बताइन्छ ।

त्यस्तै हवल्दार श्याम सुन्दर साहलाई बारा र पर्सामा पैसा उठाउनलाई  जिम्मेवारी दिइएकाे छ । श्याम सुन्दर साह र राजमंगल सिंहलाई आइजीपीले तुरून्त हटाउन निर्देशन दिएपनि उनीहरूलाई घुमुवाकै डिउटीमा राखिएकाे छ ।

अर्का हवल्दार राजमंगल सिंह एसएसपी यज्ञबिनाेद पाेखरेल राैतहटकाे एसपी हुँदा घुमुवा बनाएर राखिएकाे थियाे । हवल्दार बैजु यादव भन्ने संचारकाे डिएसपी अंशु सिंहकाे आशिर्वादले  घुमुवा बसेकाे छ ।

पटक पटक विवादमा आएका यि चार घुमुवालाई विपद् व्यवस्थापनमा हाजिर गराएर काम चाही दुई नम्बर प्रदेशकै एसएसपी र डिएसपीकाे घुमुवामा विभिन्न जिल्लामा घुम्न लगाउनुकाे पछाडि यिनीहरू रकम उठाउने मामिलामा शिराेमणी रहेछन् भनेर २ नम्बर प्रदेश प्रहरीमै चर्चा चलेकाे छ ।

यि चार जनालाई कहिले विपद् व्ययस्थापन वीरगंजमा पठाउने हाे त्याे भने हेर्न बाँकी रहेकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.