एसएसपी पाल किन परे निलम्बनमा

रिपोर्ट नेपाल | 2023 Jun 16 | 02:47 pm 22525

काठमाडौँ, असार १ । महेन्द्रनगरस्थीत प्रादेशिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरिक्षक योगबहादुर पाल निलम्बनमा परेका छन् ।

आफ्नै मातहतको कार्यालयमा कार्यरत एक महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा उनलाई गृह मन्त्रालयले निलम्बन गरेको हो । महिला प्रहरीले दिएको उजुरीका आधारमा त्यस विषयमा अनुसन्धान गर्नका लागि वरिष्ठ उपरिक्षक योगबहादुर पाललाई निलम्बन गरिएको मन्त्रालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयले पाललाई निलम्बन गर्न पत्राचार गरेपछि मन्त्रालयले आजैदेखि उनलाई निलम्बन गरेको हो ।

आफूलाई यौनदूव्र्यवहार गरेको भनी पीडित महिला प्रहरीले उजुरी दिए पछि केही दिन अघि पाललाई प्रहरी प्रधान कार्यालयमा तानेर राखिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.