एसएसपी डा. केसीको पुस्तक विमाेचन

| 2023 Jul 21 | 04:52 pm 7501

काठमाडाैं, साउन ५ । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक एसएसपी डा. मनोज केसीको पुस्तक ‘इन्ह्यान्सिङ पुलिसिङ इन नेपाल’ सार्वजनकि गरिएको छ । शुक्रवार प्रहरी महानिरीक्षक वसन्त कुँवरले सो पुस्तक विमोचन गरेका हुन् ।

अंग्रेजी भाषामा लेखिएको पुस्तक २६४ पेजको छ । महानिरीक्षक कुँवरसँगै शान्ति तथा द्वन्द्व अध्ययन केन्द्र कम्बोडियाकी अध्यक्ष डा. ईम्मा लेस्ली र पूर्व रथी बालानन्द शर्माले संयुक्त रुपमा पुस्तक विमोचन गरेका छन् ।

महानिरीक्षक वसन्त कुँवरले डा. मनोज केसीले बौद्धिक क्षेत्रमा पनि छुट्टै पहिचान बनाएको उल्लेख गर्दै बौद्धिकताको पहिचान आफैँमा कठिन कार्य भएको बताए । कुँवरले भने–‘प्रहरीका लागी यो पुस्तक महत्त्वपूर्ण दस्ताबेजको रुपमा रहनेछ ।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.