एसएपी लामालार्इ काठमाडौं र धानुकलार्इ ललितपुर परिसरको जिम्मेवारी

| 2018 Aug 15 | 09:04 pm 1489

काठमाडौं, साउन ३०: गृह मन्त्रालयले नेपाल प्रहरीका वरिष्ठ उपरीक्षकको सरुवा गरेको छ।काठमाडौं महानगरीय प्रहरी परिसरको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त लामालार्इ सरुवा गरेको छ भने ललितपुर महानरीय प्रहरी परिसरको जिम्मेवारी एसएसपी रविन्द्र धानुकलार्इ दिइएको छ।

लामा यसअघि प्रहरी हेडक्वार्टरमै थिए। एसएसपी लामा मोरङमा भएको सनम शाक्य र सुन तस्करी घटनाबारे छानविन गर्न सरकारले गठन गरेको उच्चस्तरीय छानविन टोलीका सदस्य समेत थिए।

एसएसपी धानुक पहिला दुई महिना काठमाडौं बसेर ४ नम्बर प्रदेशमा सरुवा भएका थिए। प्रकाश अर्याल प्रहरी महानिरीक्षक भएपछि (आइजीपी) काठमाडौं प्रहरी परिसर प्रमुख रहेका धानुक पाँच महिना अघि सरुवा भएका हुन्।

यसअघि ललितपुरको कमाण्ड एसएसपी गणेश ऐरे सम्हालेका थिए भने काठमाडौंको कमाण्ड एसएसपी विश्वराज पोख्रेलले सम्हालेका थिए। पोखरेलको ६ महिनामा सरुवा भएका छन्। उनीहरुलार्इ कहाँ पठाउने भन्ने टुंगो लागि नसकेको प्रहरी उच्च स्रोतले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.