‘एसईई’ नतिजामा रेसुङ्गा सामुदायिक मावि ५ नम्बर प्रदेशकै उत्कृष्ट

रिपोर्ट नेपाल | 2018 Jun 28 | 02:51 pm 11990

गुल्मी, आसार १४ : माध्यमिक शिक्षाको फलामे ढोकाको रूपमा हेरिने ‘एसईई’ परीक्षामा गुल्मीको सदरमुकाम तमघासमा रहेको ‘रेसुङ्गा’ सामुदायिक माध्यमिक विद्यालयले पाँच नम्बर प्रदेशमा सबै भन्दा राम्रो नतिजा ल्याउन सफल भएको छ ।

संस्थागत आवासीय निजी विद्यालयमा मात्रै राम्रो पढाई हुन्छ भन्ने सोच राख्ने अभिभावकलाई रेसुङ्गा माविले पाठ सिकाएको छ । ५९ जना विद्यार्थीले परीक्षा दिएकोमा १६ जनाले ए प्लस, २० जनाले ए, १४ जनाले वि प्लस र ९ जनाले वि ल्याएर उर्तिण भएका छन् । जसमध्ये अनमोल श्रेष्ठ, मधु खड्काले ३.९६ जिपिए ल्याएका छन् । कृष्ण भण्डारी र सुलभ भण्डारीले ३.९२ जिपिए ल्याएका छन् ।

विद्यालयका प्रधानाध्यपक प्रेम भण्डारीले विद्यार्थी भाइ बहिनीको अनुशासन, लगानशिलता र आत्म विश्वासका कारणले रिजल्ट राम्रो आएको बताए । शिक्षकको कर्तव्यबोध, जिम्मेवारीपनले पनि नतिजा राम्रो आएको भण्डारीकाे कथन छ ।

३.९६ जिपिए ल्याएका अनमोल श्रेष्ठका बुवा मोहन श्रेष्ठले हाम्रो काँचो माटोलाई रेसुङ्गा माविका शिक्षकको अथक प्रयासले परिपक्व बनाएको बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.