एसईई दिन केन्द्र आएका विद्यार्थीलाई घर फर्किन गाउँपालिद्वारा निःशुल्क यातायातको व्यवस्था

रिपोर्ट नेपाल | 2020 Mar 19 | 03:36 pm 1619

स्याङजा, चैत ६: माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन परीक्षा केन्द्र नजिक बसेका विद्यार्थीलाई फेदीखोला गाउँपालिकाले घरघर पुर्याइदिन सुरु गरेको छ ।

बिहीबार बिहानदेखि गाउँपालिकाले निः शुल्क बस सेवा सञ्चालन गरी विद्यार्थीलाई घरघर पुर्याइदिन थालेको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई ध्यान दिँदै सरकारले बुधबार साँझ महत्वपूर्ण सूचना जारी गरी चैत ६ गतेबाट सुरु हुने भनिएको एसईई स्थगन गर्ने निर्णय गरेको थियो ।

फेदीखोला र खड्केटारी बजारमा बसेका फेदीखोला गाउँपालिका–५ बागे मैदान मावि र ४ गलेम शीतला माविका विद्यार्थीलाई बिहीबार बिहानदेखि घर पुर्याउन यातायातको व्यवस्था गरिएको पालिका अध्यक्ष सुवेदले बताए ।

यसपटकको एसईईमा देशभर कूल चार लाख ८२ हजार ७ सय ७ विद्यार्थी सहभागी हुने जनाइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.