एसइई परीक्षा दिने एक किशोरीले गरिन् झुण्डिएर आत्महत्या

रिपोर्ट नेपाल | 2019 Mar 24 | 02:50 pm 1922

पाल्पा, चैत १० :  पाल्पामा एसइई परीक्षा दिने तयारीमा रहेकी एक किशोरिले आत्महत्या गरेकी छन् । जिल्लाको गुँगा मा. विमा अध्यनरत अन्दाजी १६ वर्षीया मनिषा विकले आत्महत्या गरेकी हुन् ।

आज(आइतबार) विहान करिब ६:३० बजे बग्नासकाली गाउँपािलका वडा नंं ६ भुटुके बस्ने मुक्त बहादुर विकको छोरी मनिषाले आफ्नै घरको सुत्ने कोठामा काठको बलोमा चुन्नीको पासो लगाएर आत्महत्या गरेकी हुन् ।

घटनास्थलमा प्रहरी चौकी राम्दी र जिल्ला प्रहरी कार्यालयको पाल्पाको टोली पुगेको छ । घटनास्थलमा प्रहरी नायव उपरिक्षकको नेतृत्वको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । घटना के कारणले भयो भन्नेबारे अहिले कुनै जानकारी आएको छैन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.