अछाम, २८ जेठ : अछाममा महिनावारी वार्न छाउगोठमा सुतेकी किशोरीको सर्पले डसेर मृत्यु भएको छ । तुर्माखाँद गाउँपालिका ४ जया गाउँकी १८ वर्षीया किशोरी पार्वती बुढाको सुतेको अवस्थामा सर्पले डसेर शनिवार राती मृत्यु भएको हो।
पार्वती र पार्वतीकी साथि राधिका बुढा घरबाट तल बेंसीको छाउगोठमा महिनावारी बार्न बसेकी थिइन । सुतिरहेको बेला छाना माथि रहेको सर्प पार्वतीको शरीरमा खसेको र औलामा टोकेको राधिकाले बाताइन् । छाउगोठमा सुतेकी उनको दायाँ हातको औलामा सर्पले डसेको हो । परिवारका अन्य सदस्य गाउँको घरमा रहेकोले ढिलो गरी मात्र खबर बाहिर आउँदा उपचारको अभावमा उनको ज्यान गएको हो ।
पार्वतीले यसैवर्ष विश्वज्योती माविबाट एसइइ दिएकी थिइन् । उनीसंगै रहेकी दिदी प्रेमकला बुढाका अनुसार पार्वतीको महिनावारी शनिबार चार दिन भएको थियो । छाउपडी गोठमा सुतेको अवस्थामा २०६३ सालयता मात्रै १३ जना किशोरी तथा महिलाले ज्यान गुमाईसकेका छन् ।