एम्बुलेन्स र अटो ठोकिएर दर्घटना हुँदा दुई जना मृत्यु

रिपोर्ट नेपाल | 2021 Jan 18 | 01:28 pm 1745

झापा, माघ ५ः साेमबार बिहान झापाको दमकमा एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको दमक– ४ स्थित ताराबारी सडकखण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको मे१च १२४६ नम्बरको सुत्केरी बोकेको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको अटो रिक्सा एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

बिहान करीब ९ः४५ बजे भएको सो दुर्घटनामा अटो रिक्साका चालक मोरङ, उर्लाबारी नगरपालिका– ४ का ५० वर्षीय वीरेन्द्र बुढाथोकी र त्यसमा सवार झापाका रमेश श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.