एमालेको सचिवालय बैठक बिहीबार

| 2024 Aug 25 | 04:50 pm 217

काठमाडौँ ०९ भदौ / नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक आगामी बिहीबार बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जनाएका छन् ।

अधिकारीका अनुसार उक्त बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार दिउँसो १ बजे बस्ने छ। यसैगरी, सचिवालय बैठकका ‘एजेन्डा’ तय गर्न आज (आइतबार) केन्द्रीय कार्यालयमा कार्यालय बैठक बसेको थियो।

महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको कार्यालय बैठकले सचिवालय बैठकका लागि पार्टीको वार्षिक कार्यायोजना र समसामयिक राजनीतिक विषयका एजेन्डा तय गरेको छ।

बैठकमा महासचिव पोखरेलसहित उपमहासचिवहरू, सचिवहरू र कार्यालय सचिव सहभागी रहेका सो पार्टीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.