एमालेको अवरोध पछि प्रतिनिधि सभा बैठक स्थगित अब साउन २२ मा बस्ने

| 2023 Aug 01 | 03:45 pm 853

काठमाडाैं, साउन १६ ।  सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल  एमालेले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक आज दाेस्रो दिन पनि स्थगित भएको छ । आज बोलाइएको बैठक बस्दै नबसी साउन २२ गते सोमबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको सभामुखको सचिवालयले जनाएको छ।

आज एमालेले नियमावली बमोजिमको आकस्मिक समयमा अवरोध नगर्ने, गृहमन्त्रीको जावाफ आइसकेपछि प्रतिक्रिया जनाउने सहमति भएको थियो ।

तर, सत्तारुढ दलका प्रतिनिधि सांसद सूचना टाँसेर स्थगित गरौँ भनेर सभामुखलाई आग्रह गरेका थियो। हिजो पनि एमालेले छानविन समिति बनाउनुपर्ने र गृहमन्त्रीकै संलग्नता भएको आरोप लगाउँदै राजीनामा दिनुपर्ने भन्दै सदन अवरोध गरे पछि बैठक आजलाई सारिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.